दुलेगौंडा । गर्मी बढेसंगै विद्यालयमा अध्ययन अध्यापन गराउन निकै समस्या भईरहेको छ । यस बिच शुक्लागण्डकी नगरपालिकाले एक हप्ता सामुदायीक र संस्थागत विद्यालयलाई विदा दिएको छ ।
हाल बढिरहेको गर्मीले विद्यार्थीहरुमा टाउको् दुख्ने, वाक्वाकी लाग्ने, रिङ्गटा लाग्ने, झाडापखला लाग्ने जस्ता समस्या देखा परेको गुनासो आएपछि नगरले बिदा दिएको शिक्षा शाखाका शाखा अधिकृत ज्योति प्रकश तिमल्सेनाले जानकारी दिए । उनका अनुसार यस विदा विदा बर्षे विदाबाट कट्टी हुने छ ।
नगरले यो विदा जेठको २८ गतेदेखी असार १ गतेसम्म दिएको छ ।