दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा रहेको हंशवाहिनी माध्यमिक विद्यालय एक हप्तासम्म बन्द हुने भएको छ ।
हाल बढिरहेको गर्मी, खडेरीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परेको हुदाँ विदा गरिएको विद्यालयका प्रधानाध्यापक विजयराज पौडेलले बताए । ‘अहिले खडेरी र गर्मीले विद्यार्थीहरुमा टाउको् दुख्ने, वाक्वाकी लाग्ने, रिङ्गटा लाग्ने, झाडापखला लाग्ने जस्ता समस्या देखा परेको हुदाँ हामीले विदा दिएका हौं’ उनले भने । विद्यालयले दिएको यस विदा बर्षे विदाबाट कट्टी हुने बताए ।
विद्यायले नगरपालिका र व्यवस्थापन समितिको परामर्शमा विदा दिएको हो । यो विदा जेठको २८ गतेदेखी असार १ गतेसम्म हुनेछ ।