दुलेगौंडा । मिलेनियम ट्रेकको प्रवद्र्धनका लागि पथयात्रा सुरु गरिएको छ । शुक्रबार दुलेगौंडामा एक कार्यक्रम गरि पथयात्रा सुरु गरिएको हो । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले शुक्लागण्डकीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिका अग्रसर रहेको बताए । पथयात्राको क्रममा भएको समस्याको टिपोट गरेको खण्डमा नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पथयात्रा ७ दिनको हुनेछ । दुलेगौंडाबाट सुरु गरि रर्क गार्डेन, रजस्थल, ढोरबाराही, बाजस्थल, लामागाँउ, घडेरी, मिलेनियम गुफा हुदाँ स्याङजाको राम्बाच्छा सम्म यात्रा गरिने भएको छ । उक्त पथयात्रा ३२ जना सहभागि रहेका छन् ।
मिलेनियम ट्रेक व्यस्थापन समितिका सदस्य खड्क विक्रम खाणको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले, राससका गण्डकी प्रदेशका प्रमुख बासु पौडेल लगायतकाृ उपस्थिती रहेको थियो ।