तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ जस्पुरमा जन्मिएका शरद एल.जी यतिबेला लोक संगितको क्षेत्रमा व्यस्त छन् । कोरस डान्सरबाट आफ्नो कलाकारीता यात्रा सुरु गरेको शरद यतिबेला लोक संगितको भिडियोमा मुख्य भुमिकामा उभ्एिर काम गरिरहेका छन् ।
लोक गितको भिडियोमा पछाडि नृत्य गरिरहेका शरादलाई सफलताको शिखरमा पु¥याउने गित ‘चल्यो बतास’ हो । जहाँ शरद करिश्मा ढकालसगं मुख्य भुमिकामा देखिएका थिए । शरदले चल्यो बतास गीतपछि लोकसंगितको क्षेत्रमा छुट्टै पहिचान बनाउदै एक पछि अर्काे चर्चित गीतमा मुख्य भुमिकामा रहेर अभिनय गरे ।
हालसम्म शरदले दर्जनै जितमा मुख्य भुमिकामा रहेर अभिनय गरिसकेका छन् । जहाँ उनका राजारानी, चोलि मैलो भो, दमाईको छोरो, कति बस्ने रोई लगायतका थुप्रै गीतहरु र्चचामा छन् ।