दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम बिच नगरपालिकालाई पूर्ण खोप पालिका घोषण गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्व्य समिति तनहुँका अध्यक्ष शान्तिरमण वाग्लेले नगरपालिकाले उत्कृष्ट कार्य गर्न सफल भएको बताए । ‘राज्यले प्रत्यक नागरिकलाई आवश्यक खोपको व्यवस्था गरेको छ । नगरले प्राप्त खोप लक्ष्मीत वर्ग सबैमा पु¥याएको हुदाँ आज पूर्ण खोप पालिका घोषणा गर्न सफल भएको छ । यो आफैमा उत्कृष्ट कार्य हो’ उनले भने ।
कार्यक्रममा बोलदै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले पूर्ण खोप पालिका घोषण गर्न अहोरात्र खटिने स्वाथ्य क्षेत्रका कर्मचारीलाई आभार प्रकट गरे । साथै नगरले प्रत्यक नागरिकलाई आधारभूत स्वास्थ्यको पहुँच पु¥याउन अहोरात्र खटिएको बताए ।
नगरपालिकाले लक्षीत वर्गको खोप यस बर्ष २ हजार ३९० जनाले लगाएको स्वयम सेवीका प्रमुख लक्ष्मी सिग्देलले बताईन् । पूर्ण खोप घोषण गर्नु अघि खोजि खोजि खोप लगाउा मार्फत नगरले ३७ जनालाई खोप लगाएको थियो ।
कार्यक्रममा शुकलागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक(राजु), प्रमुख प्रशासकीय अधिकृत लिला बल्लभ न्यौपाने, जनप्रतिनिधि, स्वास्थ्य स्वयम सेवीका, लगायतको उपस्थिती रहेको थियो ।