दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको बाराही सामुदायिक स्वास्थ्य सहकारीले सेयर सदस्यलाई उपचारमा सहुल्यता प्रदान गरेको छ । सेयर सदस्यलाई सहुल्यतमा उपचार प्राप्त गर्ने व्यवस्था मिलाउन सहकारीले विभिन्न स्वास्थ्य संस्थासंग संझौता पनि गरेको छ ।
सहकारीका व्यवस्थापक चीन बहादुर रेग्मीका अनुसार सहकारीले मंगलबार पोखरा नया बजार स्थित दृष्टि आँखा अस्पताल प्रा.लि सङ्ग स्वास्थ्य सम्झौता गरेको छ । सम्झौता पत्रमा बाराही सामुदायिक स्वास्थ्य सहाकारिको तर्फबाट अध्यक्ष ज्ञान प्रसाद भण्डारी र दृष्टि आँखा अस्पतालको तर्फबाट महेश्वर पोखेलले हस्ताक्षर गरेका छन् । यसअघि सहकारीले तनहुँ सेवा हस्पिटल दुलेगौंडा, अन्नपूर्ण डेन्टल दुलेगौंडा, मेडिप्लस हस्पिटल महेन्द्रपुल, महर्षि आयुर्वेद फर्मा दुलेगौंडा संग पनि उपचार सहुल्यत गराउन सम्झौता गरिसकेको व्यवस्थापक रेग्मीले बताए ।
सेयर सदस्यले सहुल्यतमा सेवा प्राप्त गर्नको लागि सहकारीले प्रदान गरेको स्वास्थ्य कार्ड लिएर जानुपर्ने सहकारीका कर्जा अधिकृत विष्णु अधिकारीले बताए । छ ।