तनहुँ । मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा तनहॅुले मध्यनेपाल नगरपालिका–१ मा रहेको सूर्यज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । शाखाले आईतबार विद्यालयमा नै पुगेर विद्यार्थीलाई उक्त पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै मध्यनेपाल नगरपालिका–१ का वडाध्यक्ष सुदिप थापाले बुहारी संयुक्त आवाजले शैक्षिक क्षेत्रमा गरेको कार्य उत्कृष्ट रहेको बताए । साथै उनले विद्यालयलाई आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताए ।
आर्थिक अवस्थाका कमजोर रहेका कारण विद्यालय आउन नसक्ने समस्याको अन्त्य गर्न यस कार्य गरिएको संस्थाकी अध्यक्ष लक्ष्मी कार्कीले बताईन् । संस्थाले विद्यार्थीहरुका लागि करिब ४५ हजार बराबरको पोशाक र शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले हिंशामा परेका महिला, वालवालिका, पुरूषलाई उद्दार गर्दै आईरहेको बताईन् । यो संस्था वि सं.२०७३ सालमा झापाबाट शुरू भएर विगत ४ बर्षदेखि तनहॅुमा संक्रिय रुपमा सञ्चालनमा रहेको छ ।
बुहारी संयुक्त आवाज जिल्ला शाखा तनहुँका अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष त्रिलोचन पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष कलपना बस्नेत,विद्यालयका, सुकु श्रेष्ठ मनिमा गुरूड, देवी पुन, निशा लम्साल, सुष्मा लम्साल, अमृता तिमिल्सिना, सवि सिग्देल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संञ्चालन संस्थाकी सचिव अन्जना पौडेल र शुभकामना मन्तव्य जौ माया बराल सुनारले गरेकी थिईन् ।