दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा स्थानीयहरुले श्रमदान गरेका छन् । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानले आयोजना गरेको वृहत सरसफाई कार्यक्रममा स्थानीयले श्रमदान गरेका हुन् ।
युवाले गरेको कार्यमा साथ दिनका लागि सरसफाई कार्यमा श्रमदान गर्न आएको शुक्लागण्डकी–२ हलेदी निवासी शशि राईले बताईन ।
अभियानले गौं संरक्षण केन्द्रमा रहेको गाईको लागि घाँस रोप्ने ठाउँ तयार गर्नका निम्ती बनमासा फडानी गरेको कार्यक्रम संयोजक विज्ञान भण्डारीले बताए ।
कार्यक्रममा सेना, प्रहरी, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दल, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी तथा विद्यार्थीको लगायतको सहभागिता रहेको थियो । अभियानले यसअघि पनि गौं संरक्षण केन्द्रमा घाँस रोपण तथा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।