दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको गाउँ फर्काेदय माध्यमिक विद्यालयमा नेपाल भूपू सैनिक मञ्च ढोरफिर्दीले सरसफाई गरेको छ । मञ्चले विद्यालय परिसरमा रहेका झाडी, फोहोरको व्यवस्थापन गर्दै फुलबारी गोडमेल गरेको छ ।
विद्यालयलाई सरसफाई गरि सुन्दर वातावरणमा विद्यार्थीलाई पढ्ने वातावरण र्सिजना गर्न सरसफाई गरिएको ठाकुरप्रसाद भट्टराईले बताए । ‘विद्यालयमा फोहोर रहेको, प्लास्टिक यत्रतत्र रहेको हुदाँ हामीले सरसफाई गरेका हौं । यो हाम्रो समुदाको पनि विद्यालय रहेको हुदाँ यसको संरक्षण र रेखदेख गर्नु हाम्रो पनि दायित्व हो’ उनले भने ।
विद्यालयको विकास र समृद्धिका लागि समुदायको साथ सहयोग पाईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काेमलप्रसाद पाेख्रेल बताए । विद्यालयका शिक्षक र विद्यार्थीलाई पनि सजक बनाउन भूपू सैनिकले गरेको कार्य उदाहरणीय बनेको बताए ।
सरसफाई कार्यक्रममा ढोरफिर्दीका स्थानीय साथमा पूर्व सैनिकहरुको उपस्थिती रहेको थियो ।