दुलेगौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुक्लागण्डकी नगरपालिका–४ को वडा सभापतिमा विज्ञान भण्डारी चयन भएका छन् । मंगलबार सम्पन्न वडा भेलाले भण्डारीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । भण्डारी सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका सह–संयोजक र पेसाले कम्प्युटर इन्जिनियर हुन् ।
समितिको उप–सभापतिमा रामजी पौडेल सर्वसम्मत चयन भएका छन् । आगामी बस्ने भेलाले समितिलाई पुर्णता दिइने नवनिर्वाचित सभापति भण्डारीले जानकारी दिए । उनले नगरभित्रका बेथिति र विसंगति विरुद्ध आवाज उठाउँदै विकसित र समृद्ध नगर निर्माणमा आफुहरुको भुमिका रहने बताए । भाषण भन्दा पनि काम गरेर देखाउने उनको भनाई छ ।
भेलामा नगर सभापति विजय राज जोशी, वडा नं ८ का वडा सभापति जयराम लम्साल लगायतको सहभागीता रहेको थियो । पार्टीले आजै वडा नं ९ मा समेत वडा समिति गठन गर्दैछ ।