बेलचौतरा । भुजेल समाज सेवा समिति जिल्ला समन्वय समिति, तनहुँको चौथो जिल्ला अधिवेशनले नयाँ समिति चयन गरेको छ। शनिबार बेलचौतरास्थित भुजेल समाज भवनमा भएको अधिवेशनले पृथ्वी भुजेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमला भुजेल र मनबहादुर भुजेल, सचिवमा गोपाल घर्ती, कोषाध्यक्षमा मिलन भुजेल र सह-सचिवमा खिलबहादुर घर्ती चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा विष्णुमाया भुजेल, वीरबहादुर घर्ती, रामबहादुर घर्ती, सरु भुजेल, कमला घर्ती र चोल बहादुर भुजेल चयन भएका छन् ।
कार्यक्रममा भुजेल समाज सेवा समितिका केन्द्र्रीय उपाध्यक्ष बिमल जि.सि भुजेलले भुजेलहरुको एकता र भाषा, कला तथा संस्कृति संरक्षणमा जोड दिएका थिए । समाजका जिल्ला अध्यक्ष तीर्थबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्दीय सदस्य तथा साँस्कृतिक विभाग प्रमुख रेशम भुजेल, भुजेल महिला समाजकी केन्द्रीय महासचिव बसुन्धरा घर्ती, समाजको पुर्व जिल्ला अध्यक्ष कुलबहादुर भुजेल, कुमाल समाजका केन्द्रीय उपाध्यक्ष कुलकुमार कुमाल, नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय समितिकी अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, महिला समाजकी जिल्ला अध्यक्ष रिता भुजेल लगायतले बोलेका थिए ।
कार्यक्रममा समाजका पुर्व अध्यक्ष एवं भुजेल समुदायको प्रतिनिधित्व गर्दै स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएको थियो ।