दुलेगौंडा । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणको लागि युवा अभियानले तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा विकासे घाँस रोपेको छ । शनिबर विहान अभियानको नेतृत्वमा नगरभित्रका सर्वसाधारण नागरिकको उपस्थितीमा घाँस रोपिएको हो । गौं संरक्षण केन्द्रमा रहेको बनमासालाई फाडेर विकासे घाँस लगाईएको छ ।
अभियानले गरेको यस कार्य उत्कृष्ट रहेको दुलेगौंडाका व्यवसायी गोविन्द सिग्देलले बताए । यस्तै कार्यलाई निरन्तरता दिन आग्रह गर्दै रचनात्मक कार्यमा हरेक समय आफु सक्रिय रुपमा सहभागि हुने बताए ।
कार्यक्रमका संयोजक विज्ञान भण्डारीले पहिलो कार्यक्रममा जनाताको उल्लासमय साथ पाउँदा आफुहरु निकै उत्साहीत भएको बताए । ‘हाम्रो यस अभियानले निरन्तरता पाउने छ । पहिलो कार्यक्रममा जनताको साथ पाउँदा हामी निकै हर्षित छौं । अब हरेक शनिबार यसरी नै घाँस रोपण कार्य गरिने छ’ उनले बताए ।
गौं संरक्षण केन्द्रमा गाईको दयनिय अवस्था देखेर अभियानले घाँस पोपण कार्य गरिएको अभियानका संयोजक शंकर पन्तले बताए । कार्यक्रममा सेना, प्रहरी, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दल, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी तथा विद्यार्थीको लगायतको सहभागिता रहेको थियो ।