दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा शुकलागण्डकी नागरिक समाजले भ्रष्ट्रचार विरुद्ध विरोध प्रदर्शन गरेको छ । शनिबार विहान समाजले दुलेगौंडा विपि चोक देखि नगरपालिका गेटसम्म भ्रष्टचार विरुद्ध ¥याली निकालेको हो ।
¥यालीमा ‘भ्रष्टचारीलाई कारबाही गर, नागरिक अधिकार सुनिश्चित गर, स्थानीय तहदेखि नै भ्रष्टचारको भण्डाफोर गरौं, भ्रष्टचारी देशका धमिरा हुन्, भ्रष्ट नेता र कर्मचारीको सम्पत्ति छानबिन गर’ लगायतका नारा लगाईएको थियो ।
देशमा भ्रष्टचार मौलाएको हुदाँ त्यसैको विरुद्धमा विरोध प्रदर्शन गरिएको नागरिक समाजका अध्यक्ष खेमराज खनालले बताए ।
कार्यक्रममा नागरिक समाजका पूर्व अध्यक्ष विजयरा पौडेल, नेपाली कांग्रेस शुक्लागण्डकीका पूर्व सभापति माधव भट्टराई, शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, युवा विद्यार्थी अनुप लामिछाने लगायतले भ्रष्टचार विरुद्ध बोलेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघ संस्था, उद्योगी व्यवसायी तथा विद्यार्थीको लगायतको सहभागिता रहेको थियो ।