दुलेगौंडा । सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणको लागि युवा अभियानले तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्र नजिकैको विकासे घाँस रोप्ने भएको छ ।
हिउदको समयमा हुने हरियो घाँसको अभावलाई कम गर्न युवा अभियानले घाँस रोप्न लागेको अभियानकर्ता शंकर पन्तले बताए । ‘गौं संरक्षण केन्द्रमा अहिले त घाँसको अभाव छ भने हिउद लागे पछि त झन हरियो घाँस अभाव हुन थाल्छ । त्यसैले आवश्यक पर्ने घाँस अहिले नै रोपियो भने हिउदमा घास अभाव हुदैन्’ पन्तले भने ।
अभियानले जेठ ६ गते विहान ७ बजे घाँस रोप्ने कार्य सुरु गर्ने छ । घाँस रोप्ने कार्यमा सरिक भईदिन आम सर्वसाधारण नागरिकलाई अभियानले अनुरोध गरेको छ । ‘गौ संरक्षण केन्द्रको माथिपट्टि रहेको जंगलमा बनमासा फाँडेर बिकासे घाँस रोप्ने कार्यक्रम गर्ने निधो गरेका छौ । कसैले कुटो, कसैले कोदालो, कसैले हसिया, कसैले छ भने धाँस को बिउ बेर्ना र साधन भएकाले मल बोक्ने ट्याक्टर लिएर कार्यक्रम मा उपस्थित भै यो पुण्य कार्यमा संलग्न हुनको लागि बिनम्र अनुरोध गर्दछौ’ उनले भने ।