दमौली । जबरजस्ती करणी मुद्दामा विगत २० बर्षदेखी फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–२ उत्तरशिला बस्ने ४८ बर्षिय बिनोद शाक्य रहेका छन् । प्रतिवादी शाक्यलाई बुधबार निजकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
शाक्य उपर तनहुँ जिल्ला अदालतको मिति २०६०/०६/२८ गतेको फैसलाले ५ बर्ष कैद भई फरार रहेका थिए । पक्राउ परेका शाक्यलाई अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी तनहुँ कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणदे बताए ।