काठमाण्डाै – नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विभिन्न आन्दाेलन सहित नेपाल बन्दकाे घाेषणा गरेकाे छ ।
टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष दामाेदर पण्डितले विज्ञप्ति निकालेकाे विज्ञप्तिमा उल्लेख छ । आन्दाेलनका कार्यक्रमअन्तर्गत जेठ ३, ४ र ५ गते देशव्यापी जुलुस र काेणसभा पनि गर्ने विज्ञप्तिमा उल्लेख छ ।
टीकापुर घटना राजनीतिक मुद्दा भएकाले राजनीतिक रूपबाटै टुङ्ग्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।