दुलेगौंडा । राष्ट्रिय युवा संघ भिमाद नगर कमिटीद्वारा ३४ औँ स्थापना दिवसको अवसरमा वृद्धाश्रम खाद्यान्न सहयोग गरेको छ । सोमबार पोखरा महानगरपालिका–३२ लामेहालमा अवस्थित राधाकृष्ण वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।
जेष्ठ नागरिकको सम्मानमा आफुहरुले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको युवा संघ भिमादका अध्यक्ष विजय मल्ल ठकुरीले बताए । ‘स्थापना दिवस सभा समारोह गरेर मनाउदा पनि हुन्थ्यो । तर पनि कार्यक्रम गर्ने पैसा जेष्ठ नागरिकको लागि खर्च गर्न पाउँदाँ निकै खुसी लागेको छ’ उनले भने ।
युवा संघले वृद्धाश्रममा आलु, आँटा, चामल, चाउँचाउ, विस्कुट लगायतका खाद्यान्न सामाग्री सहयोग गरेको संघका सदस्य शिब आले मगरले बताए । जहाँ ३० हजार बराबरको खाद्यान्न सहयोग गरेको मगरले बताए ।