दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा प्रकृतिमा आधारित विकास कार्याशाला सम्पन्न भएको छ । शुक्लागण्डकी सरोकार मञ्चले समृद्ध शुक्लागण्डकी निर्माणका लागि उक्त कार्याशाला आयोजना गरेको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै वातावरण विज्ञ एकराज सिग्देलले नगरले वातावरणमैत्री विकास योजनालाई अगाडी बढाउन जोड दिए । उनका अनुसार वातावरण संरक्षण गर्न सके स्वतः सामाजिक र आर्थिक विकास हुदैं समृद्ध नगर निर्माण हुन सक्छ । सिग्देलले समग्र शुक्लागण्डकीको भौगोलिक परिवेशको बारेमा जानकारी गराउदै प्रकृतिक सम्पदाको संरक्षण, उपभोग र प्रवद्धन गर्ने आवश्यक विषयवस्तुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा भेटेनरी शिक्षण अस्पताल तनहुँका प्रमुख बालकुमार श्रेष्ठले पनि प्राकृतिक सम्पदाको दुरुपयोग गर्दा जीवजन्तुमा हुने असरबारे जानकारी गराएका थिए ।
सरोकार मञ्चका अध्यक्ष सुरेस पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुकलागण्डकी नगरपालिका मेयर कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक(राजु), नगर प्रवक्ता सचिन भुजेल, वडाध्यक्ष राजकुमार आले, खड्क सिं थापा, नारायण सिं थापा लगाय आम सर्वसाधारण नागरिकको उपस्थिती रहेको थियो ।