दुलेगौंडा । आर्थिक बर्ष २०७९र८० मा २८ करोड ६९ लाख ९९ हजार ४०० रुपौंया आन्तरीक राजस्व संकलन गर्ने लक्ष्य राखेको शुक्लागण्डकी नगरपालिकाले १० महिना सम्मको समयावधिमा ४०।५२ प्रतिशत मात्रै आन्तिरीक राजस्व संकलन गरेको छ । अर्थात ११ करोड ६३ लाख १३ हजार ५२३ रुपौंया मात्रै राजस्व संकलन गरेको छ ।
नगरपालिकाको कार्यप्रति आम सर्वसाधारण नागरिकले राजस्व उठाउने विषयमा नगरपालिकाल लापरबाही गरेको आरोप लगाएका छन् ।
शुक्लागण्डकी नगरपालिकाका राजस्व शाखा प्रमुख रामचन्द्र सुवेदीका अनुसार नदिजन्य पदार्थ उत्खनन्, सम्पत्ति कर, स्थानीय उत्पादन शुल्क र निजि जग्गा उत्खननमा कम राजस्व संकलन भएको छ ।
यस बर्ष आन्तरीक राजस्व संकलनमा निर्धारीत लक्ष्य पुरा गर्न नगरपालिका असफल देखिन्छ । अझ भनौ राजस्व परार्मश समितिका संयोजक समेत रहेका नगरका उपप्रमुख खुमबहादुर विक राजुले लक्ष्यको ५० प्रतिशत पनि राजस्व संकलन नहुने तर्क दिएका छन् ।
नगरपालिकाले यस बर्ष करिब १६ करोड बराबरको मात्रै राजस्व संकलन गर्ने सक्ने उपप्रमुख राजुले बताएका छन् । नदिजन्य पदार्थ उत्खनन र निजि जग्गा उत्खननबाट नगरले यस बर्ष पर्याप्त कर संकलन गर्न सकेको छैन् । ‘नदिजन्य पदार्थ उत्खनन र निजि जग्गा उत्खननमा नगरले पर्याप्त कर उठाउन सकेन, गत बर्षकै हाराहारी ९अर्थात १० करोड बराबर० कर संकलन हुन्छ भन्ने लक्ष्य राखे पनि करिब ४ करोड भन्दा कर संकल हुन सकेन र निजि जग्गा उत्खननमा करिब साडे ६ करोड आम्दानि गछैं भनेका थियौ त्यो रकम संकलन गर्न सकेनौं । यसले गर्दा करिब १२ करोड जति राजस्व उठ्न सकेन’ उनले भने ।