दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लियाे क्लब अफ खैरेनीटार-दुलेगौंडा मन्त्रकाे आयाेजना र तेस्रो आँखा कानुनी सेवाकाे समन्वयमा कानुन दिवसको दिन विद्यार्थीलाई कानुन सम्बन्धि बिषयमा अभिमुखिकरण गरिएको छ । नेपाली नागरिक भएपछि नेपालकाे कानुनको बिषयमा जानकार हुनुपर्ने हुदाँ क्लबद्वारा अभिमुखिकरण कार्यक्रम गरिएको क्लबका अध्यक्ष प्रज्वल गुरूङले बताए ।
क्लबले बालविद्या मन्दिर र जनकल्याण माध्यमिक विद्यालयमा कानुन सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको हाे । जहाँ विद्यार्थीलाई कानुनकाे परिभाषित, माैलिक हक सम्बन्धि कानुनी व्यवस्था, कानुनको उलङ्घन गरेमा हुने सजाय आदिकाे बारेमा जानकारी प्रदान गरिएको थियाे । कार्यक्रममा मुख्य प्रशिक्षककाे रूपमा वकिल मिलन आले रहेका तिए ।
नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।