दुलेगौंडा । ट्राफिक सप्ताहन्तको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा सचेतनामूलक कार्यक्रम गरिएको छ । मंगलबार शिलादेवी युवा क्लब र शुक्लागण्डकी युनेस्को केन्द्रको समन्वयमा अस्थायी प्रहरी पोष्ट बेलचौतारले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सडकमा हुने दुर्घटना न्यूनिकरण गर्न उपायहरुको बारेमा सडकमा नै जनचेतनामूलक कार्यक्रम गरिएको अस्थायी प्रहरी पोष्टका प्रहरी साहायक निरिक्षक राजु श्रेष्ठले बताए । जहाँ सवारी साधनमा ‘म जिम्मेवार चालक’को स्टिकर टास्ने, चाटपत्ति प्रदान गर्ने, सडक वारपार गर्न सिकाउने, चालक र यात्रुले ध्यान दिनुपर्ने कुराहरुको बारे जनचेतना फैलाएको थियो ।