• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

भिमादको थुम्कीडाडाँमा बौद्ध बिहार बन्ने

हरि खरेल हरि खरेल
May 5, 2023
- स्थानीय समाचार
A A
0
भिमादको थुम्कीडाडाँमा बौद्ध बिहार बन्ने
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँ भिमाद ६ थुम्कीडाडाँ स्थित विश्व शान्ति बौद्ध बिहार बन्ने भएको छ । विश्वशान्ति बौद्ध बिहार समितिले बौद्ध बिहारसंगै शान्ति स्तुपा निर्माण गर्न लागिएको हो । विश्व शान्ति बौद्ध बिहार भिमादको आयोजनामा थुम्कीडाडाँमा २५६७ औं बुद्ध जन्मजयन्तीको अवसरमा भगवान गौतम बुद्धको पूजा आराधना समेत गरेको छ ।

बुद्ध जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सभा सदस्य एव्म कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले थुम्कीडाडाँमा शान्ति स्तुपा निर्माण स्थलमा शान्ति झण्डा झाण्डोन्त्तोलन गरे । सोही अवसरमा सांसद आलेले थुम्कीडाडाँको निर्माण गर्न लागिएको विश्व शान्ति बौद्ध बिहार र शान्ति स्टुपा निर्माणका लागि बजेटको पहल गर्ने बताए । बौद्ध बिहारसंगै विश्व शान्ति स्तुपा लगायतका संरचना निर्माण सबै मिलेर गर्ने हो, उनले भने, आफु जनप्रतिनिधि भएकाले यसको निर्माणमा मैले सक्दो सहयोग गर्छु । विश्वशान्ति बौद्ध बिहार निर्माण सम्पन्न गर्न सके धार्मिक पर्यटकीय स्थलको विकास हुन्छ, सांसद आलेले भने । बौद्ध बिहार र शान्ति स्तुपाले विश्वभरबाट पर्यटक तान्न सक्छ ।

भिमादलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको विकास गर्ने उदेश्यले बौद्ध बिहार निर्माण गर्न लागिएको विश्वशान्ति बौद्ध बिहार भिमादका अध्यक्ष डा.देवबहादुर थापाले बताए ।थुम्कीडाडाँमा करिब २० रोपनी क्षेत्रमा बौद्ध बिहार, विश्वशान्ति स्तुपा,विपश्यना ध्यान केन्द, बगैँचा, पदमार्ग, बौद्ध धर्म दर्शन तथा परियत्ति शिक्षा अध्ययन पुस्ताकलय,भगवान बुद्धको जीवनी तथा दर्शनसंग सम्बन्धीत श्रव्यदृश्य केन्द्र, धम्म देशना हल लगायतका संरचना निर्माणको गुरुयोजना बनाएको उनले बताए । यी सबै पूर्वधार निर्माण गर्न करिब १५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

बौद्ध बिहार निर्माणका लागि गुरुयोजना बनाएको छौ, उनले भने, तर, पूर्वधार निर्माणका लागि कहीकतैबाट बजेट बिनियोजन भएको छैन । यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग बजेटको माग गर्छु, उनले भने । भिमाद नगरपालिकाको बजेटमा बिहार स्थल सम्म सडक ट्रयाक र सिँढी बाटो निर्माण भएको छ । तर, अन्य पूर्वधार निर्माणका लागि बजेट छैन । कतिपय संरचना दानबाट भइरहेको छ ।

थुम्कीडाडाँमा बुद्ध जयन्ती दिन बर्षेनी पूजा आराधान गर्दै आइरेको विश्वशान्ति बौद्ध बिहारका सचिव तथा वपा रिबहादुर रानाले बताए ।बौद्ध बिहार बने देखि धर्मलम्बीहरुलाई पूजा आराधाना तथा ध्यान गर्न व्यवस्थित हुने थियो ।

थुम्कीडाडाँमा सडक, सिँढी निर्माण भएदेखि दिनहुँ मान्छे पुग्ने गरेको विश्वशान्ति बौद्ध बिहार भिमादका उपाध्यक्ष क्याप्टेन खड्क बहादुर थापाले बताए । विश्वशान्ति बौद्ध बिहार समयमा निर्माण गर्ने सके आन्तरिक पर्यटकको भीड लाग्ने थियो ।

भिमाद वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशीले थुम्कीडाडाँमा बौद्ध बिहार बनाउने भने देखि धेरै थोरै लगतार नगरपालिकाबाट बजेट बिनियोजन भएको छ । उक्त बजेटले सडक ट्रयाक, सिँढी निर्माण लगायतका संरचनामा निर्माण गरेको छ । बौद्ध बिहार लगायतको संरचना गर्न स्थानीय, प्रदेश र संघीय सरकारले बजेट व्यवस्था गरे पूर्वधार तयार हुन समय लाग्दैन ।

👉 अन्य सम्बन्धित खबरहरु

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर
स्थानीय समाचार

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • लियो युथ क्याम्प सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.