दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा रहेको सिद्धिकाली देवी र शुक्लागण्डकी नगरपालिका–९ मा रहेको ढोरबाराही देवि बिच देवमिलन गराईएको छ ।
देवमिलन शास्त्रीय, बौद्धिक एवम् तान्त्रीक विधि हो । ढोरबाराहीमा रहेको दिव्य शक्ति र सिद्धिकालीमा रहेको दिव्य शक्ति एक आपसमा आदन प्रदान गर्न देवमिलन गरिएको डा. रामप्रसाद पौडेलले बताए । उनका अनुसार देवमिलनले गर्दा सिद्धिकाली मन्दिरमा पुजा गरेपछि ढोरबाराही देवीको पनि आर्शिवाद रहने र भक्तजनको मनोकाक्ष पूर्ण हुने बताए ।