कोत्रे। तनहुँको शुक्लागण्डकी–१ र २ को संगम स्थल ज्यामिरबोट सुन्दरीगाउँमा रहेको सिद्धिकाली मन्दिरको उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा गरिएको छ ।
बुधबार आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिले एक कार्यक्रको बिच मन्दिरको औपचारीक उद्घाटन साथै विधिपूर्वक पुजापाठ गरिमूर्ति प्राणप्रतिष्ठा गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले मन्दिरको संरक्षण र प्रवद्धनका लागि गण्डकी प्रदेश सरकारबाट विशेष पहल गर्ने बताए । पोखरा आउने पर्यटकहरुलाई सिद्धिकाली मन्दिर र आँखेतालसम्म जोड्न स्थानीय पनि सक्रिय भएर अगाडी बढ्नुपर्ने
शुक्लागण्डकी–१ ज्यामिरबोटमा परापूर्व कालदेखि नै आँखेताल रहेको थियो । हाल समिति बनाएर उक्त तालको संरक्षण गरिएको छ भने ताल परिसरमा सद्धीकाली मन्दिर निर्माण गरेर धार्मिक क्षेत्रको रुपमा विकास गर्ने हेतुले स्थानीयहरु अग्रसर भएर लागि परेका छन् । २०७८ साल जेठ ४ गते शिलान्यास गरिएको मन्दिर निर्माणकालागि हालसम्म करिव १२ लाख रुपैया खर्च भएको समितिका सचिव ढकालले जानकारी दिए ।
आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल, शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमनबहादुर राना, डा. रामप्रसाद पौडेल, वेद अनुयायी ऋषिराम ढुंगाना, जग्गादाता डिल्लीराम अधिकारी, राधाकृष्ण मन्दिर समितिका अध्यक्ष गणेश बहादुर खत्री, शुक्लागण्डकी नगरपालिका वडा नं। १ की सदस्य लक्ष्मी भण्डारी, मन्दिर समितिका सचिव सञ्जयराज ढकाल, शुभ विहानी आमा समुहकी अध्यक्ष शोभा विक लगायतको उपस्थिती रहेको थियो । ।