तनहुँ । तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज विहान ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रीत भई घरलाई ठक्कर दिएको हो । घाईते मध्य धेरैजना विद्यालय जान तयार भएका बालबालिका रहेको खुल्न आएको छ ।
दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल रहेका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।