तनहुँ– उपचुनाव भएका तीनवटै क्षेत्रको नतिजा आएको छ । चितवन २ र तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बारा २ मा जनता समाजवादी पार्टी (जसपा)ले जितेको छ ।
तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले, चितवन–२ मा रास्वपा सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उपेन्द्र यादव विजयी भएका छन् ।
यो उपचुनावमा नेपाली कांग्रेसले एक क्षेत्र गुमाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले एक क्षेत्र थपेको छ । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संसद छिर्ने चाहना पनि पूरा भएको छ ।