चितवन । प्रतिनिधि सभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
कुल मतगणना हुदा लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेका छन् । याे मत गएको मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४ हजार ८७६ मतले बढि हाे ।
उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याएका थिए । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए ।