चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनामा रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १० हजार मत गणना हुन बाँकी रहदाँ लामिछाने ३८ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् ।
लामिछानेले ४७ हजार ५७४ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ८२३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ५७४ मत पाएका छन् ।
चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले मतगणनास्थलमा पुगेर रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिएका छन् ।