तनहुँ । तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराएका हुन् । वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
भट्टराईले २० हजार १ सय २२ मत ल्याएका थिए । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए ।
तनहुँ १ मा १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकोमा ६५ हजार २ सय ९२ मत खसेको थियो ।