खैरेनीटार । नेपाल सरकार र स्वीस सरकार बिचको द्दिपक्षिय संझौता अनुसार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय द्वारा शुक्लागण्डकी नगरपालिकामा संचालित सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत बित्तीय साक्षरता कक्षा शुक्लागण्डकी नगरपालिकामा संचालित छ ।
यसको प्राबिधिक सहयोग हेल्भेटास नेपालले गरेको छ भने सामी कार्यक्रम ले ५ वटा क्षेत्रमा (वैदेशिक रोजगारमा जान चाहनेको लागि सहि सुचना प्रदान गर्ने , सीप तालिम , न्यायमा पहुँच , मनोसामाजिक परामर्श र बित्तीय साक्षरता) काम गर्दछ । सोही अनुरुप सामी कार्यक्रमको मोडेल अनुसार नगरको ३ वटा वडा नं २,३ र ७ मा वैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुको परिवारका लागि बित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा ४ वटा समूह गठन गरि बित्तीय साक्षरता को कक्षा सन्चालन हुँदैछ । चार वटा समूह मध्ये वडा नं ७ मा आ ब २०७९/०८० को कार्तिक ६ गतेबाट सुरु भएको बित्तीय साक्षरता कक्षा हप्ताको एक दिन आज २१ औ दिनमा सम्पन्न भएको हो । यो सप्पन्न कार्यक्रम वडा नं ७ का वडा अध्यक्ष एवं कक्षा ब्यवस्थापन समिति का अध्यक्ष श्री खड्का सिंह थापा ज्युको अध्यक्षता गरियो ।