तनहुँ। सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।