तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ ।
यहि बैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्रनम्बर २ र चितवन क्षेत्रनम्बर २ मा उपनिर्वाचन हुदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्ने स्वीकृत दिईएको बताईएको छ ।