दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी-१२ आर्वादीमा जिप दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक साेनु विक रहेको एक स्थानीयले बताए । दुलेगौंडादेखि पिउरिदाेभान जाने क्रममा आर्वादीमा सवारी दुर्घटना भएको हाे ।
दुर्घटनामा परि घाइते ७ जनाको जिपि काेइराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचार भईरहेकाे छ । घाइतेको अवस्था सामान्य रहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।