दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लियो क्लब अफ खैरेनीटार–दुलेगौंडा मन्त्रले नयाँ वर्षको अवसर पारेर आयोजना गरेको मिनि म्याराथन (दौड) प्रतियोगिता सोनाम गुरुङ प्रथम भएका छन् । उनले हलेदीदेखि शिलादेवि मन्दिर सम्मको ४ किलोमिटर उकालो बाटो १५ मिनेट ३ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।
यसै गरि प्रतियोगितामा दिनेश बोगटीले १६ मिनेटमा निर्धारीत समय पार गर्दै द्धितीय र प्रदिप रिमालले १७ मिनेट १६ सेकेन्डमा निर्धारीत समय पार गर्दै तृतीय भएका हुन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः १० हजार, ६ हजार र ३ हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् । स्थानीय स्तरमा रहेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने हेतुले दौड प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष प्रज्वल गुरूङले बताए ।