दमौली । तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका आज उम्मेद्वारले उम्मेद्वारी दर्ता गर्दै छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार तनहुँ–१ सहित बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न लागिएको हो ।