दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले दुलेगौंडा बजारको सडक पेटीमा अव्यवस्थीत रुपमा व्यापार व्यवसाय नगर्न आग्रह गरेको छ । आईतबार सुचना जारी गर्दै एक हप्ता भित्र अर्थात चैत्र २६ गतेसम्ममा सडक पेटीमा सञ्चालित व्यवसाय नगर्न आग्रह गरेको हो ।
बजारको सडक क्षेत्राधिकारभित्र अब्यबस्थित रुपमा संचालित व्यापार व्यवसायले बजारको आवागमनमा असुविधा हुनुका साथै बजार ब्यबस्थापनमा समस्या देखिएको पेटीमा सञ्चालित व्यवसाय बन्द गर्न नगरपालिकाले आग्रह गरेको हो ।