दमौली । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्लाभित्रका सात जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघको ६८ औँ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना गरेक हो ।
‘स्व भवानी खनाल पत्रकारिता पुरस्कार’ बाट शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।
‘टीकानिधि ढुङ्गाना व्यास परासर पत्रकारिता पुरस्कार’बाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष सोनी शर्मा, ‘चिरणहरि पत्रकारिता पुरस्कार’बाट रासस समाचारदाता सानेबहादुर नेपाली ‘हरिभक्त स्मृति पत्रिकारिता पुरस्कार’बाट शाखाका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी, ‘भोर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ बाट शाखाका पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराई, ‘पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार पवन पौडेललाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशी १० हजार रहेको छ ।
यसै गरि शाखामा स्थापना गरिएको ‘रणबहादुर चीजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार’ शाखाका निवर्तमान अध्यक्ष ओमकार आचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
दमौलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विभिन्न पुरस्कारबाट पत्रकारलाई पुरस्कृत गरेका थिए ।