दुलेगौंडा । श्री कृष्ण सृजनशिल नेवा:खल, खैरेनीटारकाे अध्यक्षमा गंगाराम श्रेष्ठ चयन भएका छन् । बुधबार भएको २४ औं साधारण सभा तथा चाैथाे अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
समितिकाे उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवमा पुर्ण बहादुर कायस्थ, कोषाध्यक्ष डाल कुमार श्रेष्ठ, सह-सचिवमा बुद्धि कुमार श्रेष्ठ चयन भएका छन् ।
यसैगरी सदस्यमा बुद्धि कुमार श्रेष्ठ (सुबास), रहर मान मल्ल, स्वतन्त्र प्रधान, इन्द्र मान श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, राम कुमार श्रेष्ठ, राम प्रसाद श्रेष्ठ, बिनोद कुमार श्रेष्ठ, रुपक मल्ल, धनशुभ श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ र बल बहादुर श्रेष्ठ चयन भएका छन् ।
सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा-प्रतिष्ठान पाेखराका सदस्य सचिव मनबहादुर श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-६ का वडाध्यक्ष वुद्धिबहादुर थापा, शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापा,नेवा: देय दबू केन्द्रीय सदस्य बसन्ता श्रेष्ठ, नेवा: देय दबू गण्डकी प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठ, नेवा: देय दबूका पूर्व केन्द्रीय उपाध्यक्ष शंकर नारायण श्रेष्ठ, आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष सुजित हिराचन लगायतको उपस्थिति रहेको थियाे ।