तनहुँ । आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ ।
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।
चैते दशैमा तनहुँ शुक्लागण्डकी नगरपालिका–९ मा रहेको ढोरबाराही मन्दिरमा भक्तजनहरुको घुईचो लागेको छ । आज विहानैदेखि पुजा गर्नका लागि जिल्ला भित्र साथै कास्की, लम्जुङ्ज, स्याङ्जा, गोरखा लगायका क्षेत्रबाट पुजा गर्नका लागि मन्दिर सम्म भक्तजन आएको मन्दिरका पुजारीले जानकारी दिए ।
चैते दशैँ पर्वका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।