तनहुँ । घिरिङ गाउँपालिकाले एक कर्मचारी एक विरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिका परिसरलाई स्वच्छ र हराभरा बनाउन विरुवा रोपण कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष होमबहादुर थापा
गाउँपालिकाले सोमबार कार्यालय परिसरमा विरुवा रोपण गरी ग्रीन बेल्ट कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायत जनप्रतिनिधि र सबै कर्मचारीहरुले एक–एक वटा फूलका बिरुवा रोपण गरेका छन् ।