दुलेगौंडा । जौमाया बराल सुनारले आफ्नो जन्मदिनको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको वृद्धाश्रममा खाद्यान्न सहयोग गरेकी छिन् । ३२ बर्ष पुरा गरेको अवसरमा उनले सिर्जनात्मक तरिकाले जन्मदिन मनाएकी हुन् ।
जन्मदिन मनाउने गरिने फजुल खर्चलाई बचाउदै वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको बरालले बताईन । ‘जन्मदिनमा केके काटेर, भोज भत्तेर दिएर, रमाईलो गरेर फजुल खर्च गर्नुभन्दा वृद्धाआश्रममा सहयोग गर्दा आफैलाई धेरै खुसी लाग्यो । केक काटेर जन्मदिन मनाउदा एकैछिन् रमाई लो त होला । तर, यसरी कसैलाई सहयोग गरेर जन्मदिन मनाउदै छुट्टै खुसीको अनुभुति हुदो रहेछ’ उनले भनिन् ।
आईतबार विहान आफु र आफ्ना छोरा छोरिको साथमा च्यवनधाममा रहेको वृद्धाश्रममा उनले खाद्यान्न सामाग्री साथै लामखुट्टेबाट बच्न झुल सहयोग गरेकी थिईन् ।