खैरेनीटार । सामाजिका कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद लामिछाने चयन भएका छन् । शनिबार सम्पन्न क्लबको छैटौं अधिवेशनले लामिछानेको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । अधिवेशनले लामिछानेको नेतृत्वमा लायन वर्ष २०२३/२४ का लागि नयाँ कार्य समिति चयन गरिएको हो ।
क्लबको प्रथम उपाध्यक्षमा श्रीराम सुवेदी, द्धितीय उपाध्यक्षमा महेश्वर बस्नेत, तृतीय उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, सचिवमा शेषकान्त पौडेल (सुरेश), क्लब प्रशाशकमा प्रकाश ढकाल, कोषाध्यक्षमा बलबहादुर श्रेष्ठ, सहसचिवमा गिरबहादुर थापा र कोषाध्यक्षमा कमल वाग्ले चयन भएका छन् ।
त्यस्तै, मेम्बरसीप चियर पर्सनमा लिलकुमार श्रेष्ठ, एलसिआइएफमा डालकुमार श्रेष्ठ, क्लब सर्भिस चियर पर्सनमा बुद्धिकुमार श्रेष्ठ, मार्केटिङ चियर पर्सनमा महेन्द्र हमाल, टेमरमा दिपेन्द्र पौडेल, टेल टुईस्टरमा ।प्रकाश श्रेष्ठ, रिपोर्टिङ अफिसरमा सन्जय घिमिरे, डाईरेक्टरमा । पुर्णबहादुर कायस्थ, सुन्दर बस्याल, अर्जुन सापकोटा, शेरकुमार श्रेष्ठ, अमृत घिमिरे चयन भए ।
सदस्यहरुमा सुजनराज पौडेल, सदस्य शिवबहादुर आले, हिरालाल गुरूङ, अमृत कायस्थ, गोपाल कार्की, ज्ञानेन्द्र मल्ल र गणेश ढकाल चयन भएका छन् ।
नारायणप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ जेका डिष्ट्रिक चिफ सन्तोष घिमिेरे, लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एल नेपालका कोर्डिनेटर भीमलाल श्रेष्ठ, संस्थापक अध्यक्ष समुन्द्रराम श्रेष्ठ लगायतले बोलेका थिए ।