दुलेगौंडा । लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर राई निर्वाचित भएका छन् । शनिबार भएको क्लबकाे आठौं अधिवेशनले राई लायन्स बर्ष २०२३/२४ काे लागि अध्यक्षमा निर्वाचित गरेको छ । जहाँ राईले २१ मत प्राप्त गरेका छन् ।
क्लबकाे प्रथम उपाध्यक्षमा विजय अर्याल र द्धितीय उपाध्यक्षमा ओम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनिहरू दुबैले समान २१-२१ मत प्राप्त गरेका छन् ।
क्लबकाे सचिवमा किरण पुरी, काेषाध्यक्ष रमेश विक, सह सचिवमा देवेन्द्र ढुङ्गाना चयन भएका छन् । बाकी सदस्य पदहस्तान्तरण पछि क्लबकाे बैठकले चयन गर्ने निर्वाचित अध्यक्ष राईले बताए । निर्वाचित सदस्यकाे कार्यकाल जुलाई महिनापछि सुरू हुनेछ ।
लायन्स क्लबका २०२१/२२ का अध्यक्ष सुमन सापकोटाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तिर्थराज खनाल, डिपार्टमेन्ट चिफ कृष्णप्रसाद पाैडेल, डिस्ट्रिक एओजि प्रदिप थापा, एम जे एफ बुद्धिबहादुर थापा, रिजन चियर पर्सन मीन बहादुर लामिछाने, लायन्स शंकर पन्त, फडिन्द्र पाैडेल लगायतको उपस्थित रहेको थियाे ।