पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलको बैठक डाकिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।