दुलेगौंडा । गत फागुन २९ गतेदेखि भानुभक्त बहुमुखी क्याम्पसमा लगाईएको ताला आज अर्थात चैत्र ९ खोलिएको छ । बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनको संयुक्त छलफलपछि ताला खोलिएको हो ।
फागुन २९ गते स्ववियु निर्वाचनलाई लिएर नेवि संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त टोलिले बिना सरसल्लाह विद्यार्थी भर्ना एवं पठनपाठन बन्द गरि विद्यार्थी सङ्गठनलाइ मत माग्ने अधिकारबाट बन्चित गराएको भन्दै निर्वाचन कार्यालय र प्रशासनमा ताला लगाएको थियो ।
ताला नखोलिएको कारणले क्याम्पसमा स्ववियु निर्वाचन पनि हुन सकेको थिएन । बिहीबार नेवि संघ, अखिल क्रान्तिकारीको संयुक्त टोलि र प्रशासन बिच ३ बुँदे छलफलमा सहमति मिले पछि ताला खोलिएको हो । जहाँ तत्काल पठनपाठन सुरु गर्नुपर्ने, भर्ना कार्यक्रम सुरु गर्नुपर्ने र स्ववियु निर्वाचनका लागि सञ्चालक समितिमा प्रशासनको माध्यमबाट प्रस्ताब लैजाने निर्णय गरिएको छ ।