दुलेगौंडा । तनहुँ जलविद्युत आयोजनाको काम समयमा नै सक्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनालाई निर्देशन दिएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाको बाँध,भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेका थिए । यसै बिच उनले समयमा नै काम सक्न निर्देशन दिएका हुन् । ‘आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्नु’ उनले आयोजनालाई निर्देशन दिदै भनेका थिए ।
१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।