दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन अन्योलमा छ । यसै विच नेपाल विद्यार्थी संघ, तनहुँले निर्वाचन गराउन नसकिने अवस्था भए प्रशासनले लिखित जवाफ दिनुपर्ने माग गरेको छ ।
फागुन २९ गते नेवि संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त टोलिले बिना सरसल्लाह विद्यार्थी भर्ना एवं पठनपाठन बन्द गरि विद्यार्थी सङ्गठनलाइ मत माग्ने अधिकारबाट बन्चित गराएको भन्दै निर्वाचन कार्यालय र प्रशासनमा ताला लगाएको थियो । यही तालाबन्दीलाई लिएर क्याम्पस प्रशासन र निर्वाचन कार्यालयले निर्वाचन गराउन पहल गरिरहेको छैन् ।
तालाबन्दी पछि प्रशासनले आफुहरूलाई वार्ता र छलफलमा नबाेलाएकाे बताएको छ ।