दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको भानुभक्त बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन अन्योलमा रहेको छ । तोकिएको समयमा नै निर्वाचन गराउनुपर्ने भन्दै अनेरास्ववियुले विरोध गर्दै आईरहेको छ । शनिबार अनेरास्ववियु भानुभक्त कमिटीले विज्ञप्ती जारी गर्दै वार्ताको माध्यमबाट निर्वाचन गराउन माग समेत गरेको छ ।
प्रशासनले तालाबन्दीको नाममा स्ववियु जस्तो साझा थलोलाई बन्दक बनाएको अनेरास्ववियुका नेता सुरेस पौडेलले बताए । उनले बहानाबाजि र षड्यन्त्र नगरि चाडै निर्वाचन गराउन माग गरेका छन् ।