दुलेगौंडा । १० बर्षे जनयुद्धमा परिर्वतनका निम्ति प्राणको आहुति दिएका तनहुँका ८० जनालाई सरकारले राष्ट्रिय शहीदको मान्यता दिएको छ ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म शहीद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो। सोही अनुरुप सरकारले देशभरका ८ हजार ३७१ जनाको नामावली राजपत्रमा प्रकाशित गरेको छ ।