दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा रहेको भानुभक्त बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन अन्योलमा रहेको छ ।
फागुन २९ गते नेवि संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त टोलिले बिना सरसल्लाह विद्यार्थी भर्ना एवं पठनपाठन बन्द गरि विद्यार्थी सङ्गठनलाइ मत माग्ने अधिकारबाट बन्चित गराएको भन्दै निर्वाचन कार्यालय र प्रशासनमा ताला लगाएको थियो । आजसम्म पनि ताला खुल्न नसक्दा निर्वाचन अनयोलमा परेको हो ।
४ दलिय विद्यार्थी संगठनले बिरोध स्वरुप तालाबन्दी गरि प्रक्रियागत रुपमा स्ववियू निर्वाचनको सुनिश्चितता माग गर्दा क्याम्पस प्रशासन एवं व्बस्थापन समितिले बेवास्ता गरेको विद्यार्थी नेता भण्डारीले बताईन् ।
गठबन्धन गरेर चुनावी मैदानमा आउदा पनि हार्ने डरले चुनाव गराउन नचाहेको अनेरास्ववियुका नेता सुरेश पौडेलले बताए । ‘गठबन्धन तरिकाले आउदा पनि उहाँहरु चुना लड्न डराएर, बहाना गरेर स्ववियू निर्वाचन नगराउन खोज्दै हुनुहुन्छ । तर, हामी स्वच्छ प्रतिस्पर्धा गरेर तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने कुरामा अडान लिएका छौ’ विद्यार्थी नेता पौडेलले भने ।
यता स्ववियू निर्वाचन समितिले निर्वाचन कार्यालय र प्रशासनमा ताला लगाउदा निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकेको बताएको छ । समितिका अध्यक्ष समेत रहेका निरोज भट्टराईले क्याम्पस प्रशासन, सञ्चालक समिति, विद्यार्थी संगठनको संयुक्त बैठक राखेर वार्ताको माध्यमबाट निर्वाचन निकासको मार्ग पहिचान गर्न अपिल गरेका छन् ।